काठमाडौं, १६ फागुन । संसद भवन अगाडी फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ ।

सोमबार नेपाल बन्द आह्वानको क्रममा संसद भवनअघिको मूल सडकमा राखिएको शंकास्पद कुकर नेपाली सेनाले निष्क्रिय बनाएको हो ।

कुकरलाई तारले बेरेर ‘नो एमसीसी’ लेखिएको थियो । कुकरभित्र इँटाको टुक्रा र कागज फेला परेको नेपाली सेनाका क्याप्टेन सन्दीप थापाले बताए ।

सर्वसाधारण तर्साउन राखिएको प्रेसर कुकरभित्र कुनै पनि विस्फोटक पदार्थ नभएको उनले जानकारी दिए ।

आइतबार प्रतिनिधिसभाको बैठकबाट एमसीसी बहुमतले अनुमोदन भएको थियो ।