रौतहट, १५ फागुन । रौतहटका एक नगरप्रमुख घुससहित रङ्गेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेललाई घुससहित पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंबाट डिएसपी पुष्प मल्लको नेतृत्वमा खटिएको टोलिले मेयर पटेललाई २ लाख ५० हजार नगद तथा २ लाख ५० हजारको चेकसहित कार्यकक्षबाटै पक्राउ गरेको स्रोतले जनाएको छ ।

मेयर पटेल सहित योजना, लेखापाल र मेयरका पिएसहित अख्तियारको टोलिले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।