काठमाडौं, १० फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ४७६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा २९९ र २ हजार ८२० जनाको एन्टिजेन परीक्षण गर्दा १७७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने ८३१ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १४ हजार ७२१ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९२८ पुगेको छ ।त्यस्तै, ९ लाख ५३ हजार ४३० जना संक्रमणमुक्त भएका छन् ।

देशभर हाल १ हजार ७४७ जना संक्रिय संक्रमित छन् । जसमध्ये १० हजार ३६७ जना होम आइसोलेशनमा रहेका छन् भने ३८० जना संस्थागत आइसोलेसनमा छन् ।

कोरोनाका बिरामीमध्ये ११५ जना आईसीयू र १९ जना भेन्टिलेटरमा उपचाररत् रहेको मन्त्रालयले जनाएको छ ।