नेपालमा कुल जनसंख्याको ६० प्रतिशत व्यक्तिले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

काठमाडौं, ८ फागुन । नेपालमा कुल जनसंख्याको ६० प्रतिशत व्यक्तिले कोरोनाविरुद्ध खोपको पूर्ण मात्रा लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ८ फागुनसम्ममा १ करोड ७६ लाख ६४ हजार ५१६ जनाले पूर्ण खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार कुल जनसंख्याको ७३ प्रतिशत अर्थात् २ करोड १३ लाख ४५ हजार ५३९ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने कोरोनाविरुद्धको तेस्रो मात्रा खोप (बुस्टर डोज) लगाउनेको संख्या ८ लाख ६८ हजार ८४५ रहेको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले बताइन् ।
१२ वर्ष देखि १७ वर्षसम्मका ८८ प्रतिशत नागरिकले पहिलो मात्रा र ६५ प्रतिशतले दोस्रो मात्रा खोप लगाएको उनले जानकारी दिइन् ।कुल ३४ लाख ५ हजार ४५५ जना बालबालिकामध्ये प्रतिशत बालबालिकाले उल्लेखित मात्रामा खोप लगाएका हुन् ।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म अनुदान र खरिदमार्फत ४ करोड ७८ लाख ८२ हजार ८ सय खोप नेपाल आएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


