फागुन २० गतेसम्म मतदाता परिचय पत्रका लागि निवेदन दिन आह्वान

जनकपुरधाम, ६ फागुन । मधेस प्रदेशको निर्वाचन कार्यालयले मतदाता नामावलीमा नाम भएरपनि मतदाता परिचय पत्र हराएको मतदाताका लागि सूचना जारी गरेको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यालयले सम्पूर्ण मतदाताको मताधिकार सुनिश्चित गर्न सूचना आह्वान गरेको हो ।
मधेस प्रदेशको निर्वाचन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै मतदाताले कुनै कारणवश निर्वाचन आयोगले जारी गरेको मतदाता परिचय पत्र हराएमा वा नष्ट भएमा सरोकारवाला स्वयंले फागुन २० गतेसम्म सम्बन्धित वडा कार्यालयको सिफारिससहित आफ्नो मतदाता नामावली रहेको जिल्लाको निर्वाचन कार्यालयमा मतदाता परिचय पत्रका लागि निवेदन दिन आह्वान गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


