भारत सरकारले रामजानकी मार्गको सम्पूर्ण हिस्सा फोरलेन सडकमा विकसित गर्दै

जनकपुरधाम, ९ माघ । भारत सरकारले रामजानकी मार्गको बिहारस्थित सम्पूर्ण हिस्सा फोरलेन सडकमा विकसित गर्ने भएको छ ।
सरकारले भगवान रामको जन्मभूमि अयोध्यादेखि नेपाली सीमा भिट्ठामोड़सम्म जोड्ने चारलेनको सडक निर्माण गर्ने भएको हो । यसअघि यस सडकखण्डलाई दुईलेन मात्रै बनाउने प्रस्ताव गरिएको थियो ।
सड़क परिवहन एव्म राजमार्गमन्त्री नितिन गडकरीले केन्द्र सरकारको यस निर्णयबारे जानकारी बिहार सरकारका पथ निर्माण मन्त्री नितिन नवीनलाई पत्रमार्फत दिएका छन् ।
गत वर्ष नोभेम्बरमा बिहार सरकारले केन्द्रीय सड़क परिवहन एव्म राजमार्ग मन्त्रीलाई पत्र लेख्दै बिहारमा रामजानकी मार्गलाई चार लेनमा विकसित गर्न आग्रह गरेको थियो । केन्द्रीय मन्त्री गडकरीले बिहार सरकारको अनुरोध स्वीकार गरेका छन् ।
पीएम प्याकेज विहार २०१५ अन्तर्गत सो सडक निर्माण गर्न लागिएको पत्रमा भनिएको छ । २४० किलोमिटर लम्बाईको सो सडकखण्डको निर्माण कार्य एनएचआईले गर्नेछ ।
पत्रमा भनिएको छ ‘बिहार राज्यको रामजानकी मार्गको ४ लेनको मापदण्ड अनुसार विकास गरिने छ । राम जानकी मार्ग उत्तर प्रदेशमा भगवान रामको जन्मस्थल अयोध्याबाट सुरु भई नेपालको जनकपुरधाममा अन्त्य हुन्छ । माता सीताको जन्मस्थल बसन्ती (बहालगंज विहार राज्यको महराउना घाट, सिवन चाकिया, सीतागढी, भिठामोड हुँदै जनकपुरधाममा अन्त्य हुन्छ ।’
केन्द्रिय मन्त्री गडकरीद्वारा लेखिएको पत्रमा अगाडी भनिएको छ ‘रामजानकी मार्गको धार्मिक महत्व र तपाईको अनुरोधलाई स्वीकार गर्दै यस राजमार्गको विहार राज्यको सम्पूर्ण भाग ४ लेनको बनाउने निर्णय भएको छ भन्ने कुरा खुशीका साथ जानकारी गराउन चाहन्छु ।’

सो सड़क उत्तरप्रदेशको अयोध्याबाट सुरु भई बस्ती–बड़हलगंज हुँदै बिहारमा देवरिया नजिकै मेहरौना घाटसम्म रहेको छ । त्यहाँबाट सिवान, चकिया र भिट्ठामोड़ हुँदै जनकपुरधामसम्म समाप्त हुन्छ ।
सो सडकको निर्माणसंगै अयोध्याबाट माता सीताको भूमि जनकपुरधाम आउने भारतीय पर्यटकको संख्यामा बृद्धि हुने अपेक्षा गरिएको छ ।
यसबाहेक वैशाली–समस्तीपुर र बेगूसराय जिल्लाको एनएच–१२२ बी हाजीपुर–महनार–बछवाड़ा सडकखण्ड अन्तर्गत महनार–बछवाड़ा खण्डलाई दुईलेनमा सुधार गरी निर्माण गर्नका लागि केन्द्र सरकारले ६२४.४३ करोड़ रुपैयाँ स्वीकृत गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


