सप्तरीमा करेन्ट लागेर एकै परिवारका ४ जना घाइते

सप्तरी, ४ कार्तिक । सप्तरीमा करेन्ट लागेर एकै परिवारका ४ जना घाइते भएका छन् ।
जिल्लाको राजविराज नगरपालिका वडा नम्बर–६ मा बिहीबार बिहान करेन्ट लागेर एकै परिवारका चार जना घाइते भएका हुन् ।
आफ्नै घरको छतमा झुण्डिएको होडिङ बोर्ड हावाले झरेर नजिकै रहेको ११ हजार भोल्टको विद्युतीय तारमा ठोक्किदा होडिङ बोर्ड हटाउने क्रममा ४० वर्षीय शिव नारायण साहलाई करेन्ट लागेको थियो ।
साहलाई करेन्ट लागेपछि छुटाउन जाँदा उनकी ३५ वर्षीया पत्नी संतोसी साह, ३८ वर्षीया भाउजु राजकुमारी साह र १८ वर्षीय भतिजो रक्षित साहलाई पनि करेन्ट लागेको पारिवारिक स्रोतले जनाएको छ ।
करेन्ट लागेर सिकिस्त भएका चारै जनाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।