सरकारी गाडीको चरम दुरुपयोग, मिर्चैयामा कमर्चारीका छोरालाई स्थानीयले गाडीसहित समाते

–विनय यादव, सिरहा । सिरहाको मिर्चैया नगरपालिकाका एक कर्मचारीका छोरालाई स्थानीयले सरकारी गाडीसहित समातेर प्रहरीमा बुझाएका छन् ।
मिर्चैया नगरपालिकाको स्थास्थ्य शाखाका उपप्रमुख विजय महतोका छोरालाई सेतो नम्बर प्लेटको गाडीसहित समातेर प्रहरीमा बुझाएका हुन् । नगरपालिकाको प्रदेश २ ०१ ००१ब ०२१२ नम्बरको मोटरसाइकल उपप्रमुख महतो चढ्छन् ।
तर, स्थानीयले सोमबार बेलुकी उक्त मोटरसाइकलमा उनका छोरालाई गुडिरहेको देखेपछि कटारी चोकमा उनलाई समाते । प्रहरी त्यहीँ भएपनि गाडी नियन्त्रणमा लिन चासो नलिएपछि स्थानीयले दवाव दिएपछि मात्रै प्रहरीले गाडी नियन्त्रणमा लियो ।
गाडी नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
मिर्चैया नगरपालिकामा सरकारी गाडीको दुरुपयोग व्यापक रुपमा भइरहेको छ । तर, यसप्रति प्रहरी प्रशासन मौन रहँदै आएको स्थानीयको गुनासो छ ।