काठमाडौं । सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरुलाई जनही ५/५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खेलाडी र प्रशिक्षकलाई उक्त रकम दिने घोषणा गरेको हो ।

बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३/३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो । तर फाइनलमा भारतसँग ३–० ले पराजित भएको नेपाल उपविजेतामा सिमित रहृयो ।