मंगलबार सार्वजनिक विदा

जनकपुरधाम । सरकारले मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
यसैबिच, प्रदेश २ सरकारले पनि मंगलबार सार्वजनिक विदा दिने भएको छ ।
इस्लाम धर्माम्बलम्बीहरुका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेश सरकारले भोली सार्वजनिक विदा दिएको हो ।
प्रदेश सरकारले पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा विदा दिने राजपत्रमै उल्लेख गरेको छ ।
सरकारी कार्यालयहरु बुधवारबाट सञ्चालनमा आउनेछन् ।