काठमाडौं । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो भूकम्प गएको छ ।

दिउँसो १ बजेर ४६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापनकेन्द्रले जनाएको छ ।

भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन । भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।

यसअघि आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।