काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि सोमबार दरखास्त आह्वान गरेको छ ।

इच्छुक र योग्य व्यक्तिले आफ्नो बायोडाटा र पदका लागि इच्छाएको कारण खुलाउँदै अक्टोबर ३१ सम्म दरखास्त दिन सक्नेछन् ।

डेभ वाटमोरले राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक बिहीन रहेको छ । ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजपछि वाटमोरले नेपाली टोली छाडेका हुन् ।

६७ वर्षीय वाटमोर खुल्ला प्रतिस्पर्धाबाट नै मुख्य प्रशिक्षक नियुक्त भएका थिए । तर उनले ८ महिना नबित्दै राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक बिहीन बनेको छ ।