महोत्तरीमा हथौडा प्रहार गरि एक महिलाको हत्या

महोत्तरी । महोत्तरीमा चोरी गर्न गएका अज्ञात समूहले एक महिलाको हत्या गरेको छ ।
जिल्लाको महोत्तरी गाउँपालिका वडा नम्बर- ३ मा पर्ने डाम्हि मडई गाँउमा बुधबार राति चोरी गर्न पुगेका केही अज्ञात व्यक्तिले स्वर्गीय लालकिशोर झाकी ४२ बर्षीया पत्नी शिलादेवी झामाथि हथौडा प्रहार गरेर हत्या गरेको हो ।
झामाथि राति करिव १/२ बजेको समयमा घरमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले हथौडा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए ।
शिलाको शव मृत अवस्थामा ओछ्यानमै भेटिएको र हत्या गर्नेको खोजी भईरहेको प्रहरीले जनाएको छ ।