आरोहण साह । पर्साको वीरगञ्जमा भारतीय ग्यास ट्याङकरभित्र १२० किलो गाँजा फेला परेको छ ।

वीरगञ्ज भन्सार कार्यालय (आइसिपी) गेट अगाडि भारतीय नम्बर प्लेटको ग्यास ट्याङकरमा १२० किलो लागुऔषध गाँजा बेवारिसे अवस्थामा फेला परेको हो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर-२५ स्थित आईसीपी गेट अगाडि भारतीय एनएल ०१ के ०७५४ नम्बरको बुलेटमा बेवारिसे अवस्थामा रहेको सो परिमाणको गाँजासहित ट्याङकरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आइसिपी गेटमा शंकास्पद अवस्थामा रोकिएको ग्यास ट्याङकरलाई चेकजाँच गर्दा चालक बस्ने क्याबिनभित्र लुकाएर राखिएको १२० किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रह्लाद कार्कीले जानकारी दिए ।

फेला परेकोे सो ग्यास ट्याङकर र गाँजा नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।