जनकपुरधाम, १५ कार्तिक । विदेशमा रहेका मधेशी समुदायको हकहित, अधिकार तथा सामाजिक उत्थानका क्षेत्रमा क्रियाशील संस्था हेल्प मधेशी नेपालको अध्यक्षमा संजय रन यादव चयन भएका छन् ।

जनकपुरधाममा सम्पन्न संस्थाको दोस्रो महाधिवेशनले यादवको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

महाधिवेशनबाट केन्द्रीय वरिष्ठ उपाध्यक्षमा रिना झा, प्रथम उपाध्यक्षमा अमरेश कुमार यादव, द्वितीय उपाध्यक्षमा राम प्रकाश पासवान र तृतीय उपाध्यक्षमा फुलकुमारी यादव चयन भएका छन् ।

त्यस्तै, केन्द्रीय महासचिवमा राजेन्द्र कुमार यादव, सचिवमा श्रवणकुमार महरा र कोषाध्यक्षमा मोहम्मद समीर शेख चयन भएका छन् ।

यसैगरी, केन्द्रीय सदस्यहरूमा बस्नेत राय, मुकेश यादव, दिपेन्द्र कुमार महतो, कृष्ण कुमार साह, कृष्ण कुमार यादव, दिलीप कुमार महतो र ज्ञानेन्द्र कुमार मुखिया चयन भएका छन् ।

हेल्प मधेशी कतारका केन्द्रीय सदस्य धिरज साहका अनुसार विदेशमा रहेका मधेशी समुदायको हकहित संरक्षण, सामाजिक सहयोग तथा मधेशको भाषा, संस्कृति र पहिचानको प्रवर्द्धनमा संस्थाले निरन्तर काम गर्दै आएको छ ।

नवनिर्वाचित कार्यसमितिले संस्थाको उद्देश्यलाई थप प्रभावकारी बनाउँदै विदेशमा रहेका मधेशी समुदायलाई संगठित गर्ने तथा उनीहरूको हकहितका लागि काम गर्ने विश्वास गरिएको छ ।