जनकपुरधाम, २१ कार्तिक । नेपाल रेडक्रस सोसाइटी धनुषा शाखास्थित रक्तसञ्चार केन्द्रमा हाल ४४ युनिट रगत मौज्दात रहेको छ ।

शाखाले सार्वजनिक गरेको २०८३ साल कार्तिक २१ गतेको रक्त भण्डार विवरणअनुसार विभिन्न रक्त समूहका ३८ युनिट होल ब्लड र ६ युनिट प्याक्ड रेड ब्लड सेल्स (पीआरबीसी) मौज्दात रहेको हो ।

रक्त भण्डारमा ए पोजेटिभ (A+) समूहको २० युनिट, बी पोजेटिभ (B+) समूहको १० युनिट र एबी पोजेटिभ (AB+) समूहको ८ युनिट रगत उपलब्ध रहेको छ ।

त्यस्तै, पीआरबीसीतर्फ ए नेगेटिभ (A-) समूहको २ युनिट र बी पोजेटिभ (B+) समूहको ६ युनिट रहेको रेडक्रसले जनाएको छ ।

रगतको आवश्यकता जुनसुकै बेला पर्न सक्ने भएकाले नियमित रक्तदान अभियानलाई निरन्तरता दिनुपर्ने नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाका सभापति पंकजकुमार महतोले बताए ।

उनका अनुसार दुर्घटना, शल्यक्रिया, प्रसूति तथा विभिन्न रोगका कारण बिरामीलाई आकस्मिक रूपमा रगत आवश्यक पर्न सक्छ ।

यस्तो अवस्थामा बिरामीको जीवनरक्षा गर्न रक्त भण्डारमा पर्याप्त रगत उपलब्ध हुनु आवश्यक छ । त्यसैले स्वस्थ व्यक्तिहरूले निश्चित अन्तरालमा रक्तदान गर्ने संस्कार विकास गर्नुपर्ने उनको भनाइ छ ।

सभापति महतोले रक्तदानलाई सामाजिक उत्तरदायित्व र मानवीय सेवाको महत्वपूर्ण कार्यका रूपमा लिन आग्रह गर्दै एक युनिट रगतले पनि कसैको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

रेडक्रस धनुषाले रक्तदान गर्न इच्छुक व्यक्ति तथा संघसंस्थालाई रक्तदान अभियानमा सहभागी हुन आग्रह गरेको छ ।