सर्लाहीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

सर्लाही, २ चैत । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।
सोमबार बिहान कविलासी नगरपालिका–८ कविलासीस्थित सडकखण्डमा म.प्र.०२–००६ प ७०७ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सोही स्थानका ६५ वर्षीय रामनरेश महतो गम्भीर घाइते भएका थिए । घाइते महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो ।
उपचारका क्रममा अस्पतालमै उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
उक्त दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना पनि घाइते भएका छन् । उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


