काठमाडौं, २५ माघ । नेपाली क्रिकेट टिमकी अलराउन्डर पुजा महतो काठमाडौंमा सम्पन्न महिला टी–२० आई शृंखलाको उत्कृष्ट नेपाली खेलाडी घोषित भएकी छन् ।
प्रतियोगितामा नेपालको टीम जितविहीन रह्यो । तर, व्यक्तिगत रूपमा पुजाले शानदार प्रदर्शन गर्दै उत्कृष्ट खेलाडीको सम्मान प्राप्त गरिन् । उनले स्कुटर जित्ने अवसर पनि प्राप्त गरिन् ।
प्रतियोगिताभर ६ खेलमा १३४ रन बनाउँदै एक अर्धशतक पनि हानिन् भने ३ विकेट लिइन् । उनको उत्कृष्ट प्रदर्शनको कारण उनलाई नेपाली खेलाडीको अवार्ड दिइएको हो ।
शृंखलाको उत्कृष्ट खेलाडीको ताज थाइल्याण्डकी थिपाथ्चा पुथावोङले जितिन् । थाइल्याण्डले यस शृंखलाको उपाधि पनि जित्न सफल भयो ।