राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा प्रदेश प्रमुखसमक्ष चौथो वार्षिक प्रतिवेदन पेश

जनकपुरधाम, ११ बैशाख । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले मधेस प्रदेशका प्रमुखसमक्ष चौथो वार्षिक प्रतिवेदन पेश गरेको छ ।
आयोगले संविधानको धारा २९४ को उपधारा (३) बमोजिम सौ प्रतिवेदन पेश गरेको हो ।
प्रदेश प्रमुखको कार्यालयका सचिव राजेन्द्र पराजुलीले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगले आर्थिक वर्ष २०७८/७९ मा सम्पादन गरिएको चौथो वार्षिक प्रतिवेदन प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष पेश गरेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


