चितवन–२ मा रवि लामिछानेलाई १७ सय बढि मतको अग्रता

चितवन, ११ बैशाख । चितवन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले १७ सय बढी मतको अग्रता बनाएका छन् ।
रास्वपाका उम्मेदवार लामिछानेले ४ हजार ३५८ मत पाउँदा नेकपा एमालेका रामप्रसाद न्यौपानेले २ हजार ५८५ मतका साथ पछ्याइरहेका छन् ।
इच्छाकामना गाउँपालिकाको १,२,३,४ र ५ को मतगणना सकिँदा उनीहरुबीच झण्डै १७ सय बढी मतको अन्तर छ ।
तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले भने २ हजार २०५ मत प्राप्त गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


