मोटरसाइकल दुर्घटनामा परी सख्त घाइते भएका वडाध्यक्षको निधन

काठमाडौं, १० बैशाख । काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ ।
मोटरसाइकल दुर्घटनामा परी सख्त घाइते भएका उनको आइतबार उपचारका क्रममा निधन भएको उपप्रमुख शुभलक्ष्मी शाक्यले जानकारी दिइन् ।
अधिकारी वैशाख १ गते वडा नम्बर–४ स्थित चम्पादेवी मेलामा जाँदै गर्दा बा ८३ प ९४४८ नम्बरको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका थिए । उनी चढेको मोटरसाइकल पुष्पलाल उद्यान नजिक दुर्घटनामा भएको थियो ।
टाउकोमा गम्भीर चोट लागेका वडाध्यक्ष अधिकारीलाई उपचारका लागि माइतिघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरिएको थियो । उनी गत वर्ष वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


