थप ८१ जना कोरोनाका नयाँ संक्रमित थपिए

काठमाडौं, १० बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३०६ नमुनामध्ये ३७० जनाको पीसीआर परीक्षण गर्दा ४१ र ९३६ जनाको एण्टीजेन परीक्षण गर्दा ४१ जना गरी ८१ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोनाको संक्रिय संक्रमितको संख्या ३७० जना पुगेको छ भने संस्थागत आईशोलेशनमा २२ जना, आईसीयूमा ३ जना र भेन्टिलेटरमा १ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै ५४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किइसकेका छन् । संक्रमण बढेसँगै मन्त्रालयले कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सबैमा आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


