रवि लामिछाने र चितवनका प्रजिअविरुद्ध कांग्रेसको उजुरी

चितवन, १० बैशाख । चितवनको निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी र प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले उजुरी गरेको छ ।
नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका तर्फबाट ध्रुव पोखरेलले चितवनका प्रजिअ र रास्वपाका उम्मेदवार रवि लामिछानेविरुद्ध उजुरी दिएका हुन् ।
कांग्रेसले उजुरीमा निर्वाचन प्रक्रिया सुरु भएपछि लामिछानेले सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट मत मागेको, विभिन्न मतदान केन्द्रमा गएर लामिछानेले हुल हुज्जत गरेको आरोप लगाएको छ ।
त्यसैगरी, प्रजिअको निर्देशनमा एकपक्षीय रुपमा लाठी चार्ज गरेर भयभीत बनाएको, नयाँ किरण मावि भोजाडस्थित मतदानस्थलमा असहज स्थिति बनाएको उजुरीमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


