जनकपुरधाम, १० बैशाख । आइतबार भइरहेको उपनिर्वाचनमा बाराको निर्वाचन क्षेत्र नम्बर–२ मा सत्ता गठबन्धनले योजनाबद्ध रूपमा धाँधली गरेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले आरोप लगाएको छ ।

नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले सामाजिक सञ्जालमा लेख्दै सत्ता गठबन्धले मतदानमा धाँधली गरिरहेको आरोप लगाएका हुन् ।

पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘ठाउँठाउँमा मतदाताहरु रोक्ने, ईनरवा, सनफुलवा, कल्यानवा (सिचाई) लगायत बुथहरुमा प्रहरीका सई, असई नै गठबन्धनको पक्षमा मतदान गराउन लाग्ने, कब्जा गर्ने, एउटै व्यक्तिले दुईटा मत खसाउने जस्ता धांधलीका रुपहरु नांगो रुपमा देखिएका छन । यसले स्वच्छ निर्वाचन गराउने गठबन्धन सरकारको चरित्र प्रष्ट पारेको छ । हामी यस प्रकारका गतिविधी रोक्न र निस्पक्ष निर्वाचन गराउन जोडदार माग गर्दछौं ।’

पौडेलले उपचुनावलाई प्रभावित गर्न सत्ता गठबन्धनलाई सहयोग हुने गरी गृह प्रशासनद्वारा प्रहरी तथा कर्मचारीहरू खटाएको आरोप लगाएका छन् ।