मिटरब्याज पीडितको आन्दोलनमा षड्यन्त्रको आशंका

काठमाडौं, ९ बैशाख । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान कम्युनिष्ट सरकार कतिपयलाई नपचेको बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको कम्युनिष्ट सरकार कतिपयलाई अपाच्य भएको उनले बताए । उनले मिटरब्याज पीडितको आन्दोलनमा षड्यन्त्रको आशंका व्यक्त गरेका छन् ।
सरकारसँग सहमति भइसकेपछि पनि आन्दोलनमा उत्रिरहेको भन्दै उनीहरुलाई परिचालन गरी रचेको हुनसक्ने आरोप लगाए । कम्युनिष्ट सरकारविरुद्ध षड्यन्त्र रच्ने काम भइरहेको भन्दै उनले सजग रहन आग्रह गरेका छन् ।
अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीहरु छरिएर रहनु राम्रो नभएको जिकिर गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


