बिहीबार १०३ नयाँ संक्रमित थपिए

काठमाडौं, ७ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप १०३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६४५ नमूनामध्ये ४५६ जनाको पीसीआर परीक्षण गर्दा ७२ र १ हजार १८९ जनाको एन्टीजेन परीक्षण गर्दा ३१ जना गरी १०३ जनामा कोरोना सक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर संक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ भने संस्थागत आइसोलेशनमा २६ जना, आईसीयूमा ८ र भेन्टिलेटरमा ३ जना उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा ६१ जना संक्रमणमुक्त भएर घर फर्केका छन् । संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


