कांग्रेसकै नेताले कांग्रेसलाई खाइसके : अध्यक्ष ओली

बारा, ७ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसकै नेताले सो पार्टीलाई खाइसकेको दाबी गरेका छन् ।
बिहीबार बाराको पचरौतामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली कांग्रेस आफ्नो उम्मेदवार समेत उठाउन नसक्ने अवस्थामा पुगेको र कांग्रेसकै नेताले कांग्रेस पार्टी खाइसकेको बताएका हुन् ।
उनले भने, ‘कांग्रेसका बारेमा म केही भन्दिनँ, बिचरा उम्मेदवार उठाउन सक्ने अवस्था छैन । कांग्रेसका नेताले कांग्रेस खाइसके । शेरबहादुरजी गठबन्धनलाई भोट माग्न आउनुभयो रे, आफैं सकिसक्यो ।’
ओलीले माधव नेपालको पार्टी र जसपाप्रति संकेत गर्दै भने, ‘विना ढेउवाको गढीमाइमा आएछन्, कति चल्छ ?’
त्यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति पनि कटाक्ष गर्दै ओलीले भने, ‘कोही छाता ओढेर आउँछन् छाता नै ओढेर जान्छन् ।’
उनले प्रचण्डले सहिद बढाउनेबाहेक केही काम नगरेको पनि बताए । उनले सरकारलाई केही दिनको मेहमान मात्र भएको पनि बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


