प्रधानमन्त्री प्रचण्डविरुद्ध तनहुँ–१ को निर्वाचन अधिकृतको कार्यालयमा उजुरी

काठमाडौं, ७ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध तनहुँ–१ को निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।
बहालवाला प्रधानमन्त्री हेलिकप्टरमार्फत गठबन्धनको उम्मेदवारको प्रचारप्रसारमा गएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ उपसंयोजक सूर्यमणि पौडेलले उनीविरुद्ध उजुरी दिएका हुन् ।
बुधबार तनहुँ पुगेर प्रचण्डले गोविन्द भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने बताएका थिए । उमेदवारले जिते मन्त्री बनाउने अभिव्यक्ति दिएको भन्दै पौडेलले प्रचण्डविरुद्ध कारबाहीको माग गरेका हुन् ।
उजुरीमा भनिएको छ,’गठबन्धनको उमेदवारको प्रचारप्रसारमा बहालवाला प्रधानमन्त्री संलग्न हुनु, उद्घाटन गर्ने बाहनामा सेनाको हेलिकोप्टर प्रयोग हुनु र निर्वाचनको बेलामा उम्मेदवारलाई भोट हालेर जिताए मन्त्री बनाउने सार्वजनिक अभिव्यक्ति दिएकोप्रति त्यहाँको ध्यानाकर्षण गराउन चाहन्छौं ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


