प्रधानमन्त्रीको भारत भ्रमणको समय निश्चित भएको छैन : प्रवक्ता शर्मा

काठमाडौं, ७ बैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको समय निश्चित नभएको बताएकी छन् ।
वैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाइसकेपछि बिहीबार सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् ।
प्रधानमन्त्रीको भारत भ्रमण निश्चित रहेपनि मिति भने तोकिनसकिएको मन्त्री शर्माले बताइन् ।
भ्रमणका क्रममा प्रधानमन्त्रीले राख्ने विषयबारे मन्त्रालयहरुले प्राथमिकताका आधारमा सुझाब दिने उनको भनाइ छ ।
प्रधानमन्त्रीको भारत भ्रमणमा सीमासम्बन्धी समस्याका कुरा प्राथमिकतामा पर्ने पनि उनले जानकारी दिइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


