नेपालको राजनीतिमा गठबन्धनको संस्कृति उपयोगी देखिएन : योगेश भट्टराई

तनहुँ, ७ बैशाख । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपालको राजनीतिमा गठबन्धनको संस्कृति उपयोगी नदेखिएको बताएका छन् ।
बिहीबार प्रेस चौतारी नेपाल तनहुँले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले चुनावअघि गठबन्धन गर्ने संस्कृतिको अन्त्य हुनुपर्ने बताएका हुन् ।
यसले जनतामा कुनै आशा भरोसा पैदा गर्न नसकेको उल्लेख गर्दै उनले भने, ‘चुनावको बेला गर्ने गठबन्धनको अन्त्य गर्नुपर्छ, यो निर्वाचनले गठबन्धनको अन्त्य गर्नुपर्छ । जुनको पार्टीको क्षमता दक्षता छ, त्यो पार्टी अगाडि आउनुपर्छ ।’
सचिव भट्टराईले उपनिर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा जाने बताए । चुनावको समयमा बाहिर बसेको जस्तो गरे पनि चुनावपछि रास्वपा पनि सरकारमा जाने उनको दाबी छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


