मधेस सरकार कुनै बेला पनि परिवर्तन हुन सक्छ : मन्त्री कुशवाहा

जनकपुरधाम, ७ वैशाख । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले मधेस सरकार कुनैपनि बेला परिवर्तन हुन सक्ने बताएका छन् ।
मन्त्री कुशवाहाले मधेस सरकार कुनैपनि बेला परिवर्तन हुन सक्ने स्वीकार गरेका हुन् ।
उनले बारा–२ को उपनिर्वाचन र सरकार परिवर्तनको हल्लाकै कारण आफूले मन्त्रीपरिषद बैठकमा लगेको प्रस्ताव स्वीकार नगरिएको बताए । मन्त्रालयको पूरै बजेट उपयोग हुन नसक्ने सम्भावना रहेकाले ५० करोड रुपैयाँ मल व्यवस्थापनमा प्रयोग गर्नकालागि मन्त्रीपरिषद बैठकमा प्रस्ताव लगेपनि मुख्यमन्त्री सरोजकुमार यादवले स्वीकार नगरेको उनको आरोप छ ।
कुशवाहाले भने, ‘आर्थिक वर्षको अन्तिम समयमा बजेटको पूरै उपयोग गर्न सक्ने सम्भावना छैन, त्यसैले मधेसमा मलको अभाव कम गर्नका लागि ५० करोड रुपैयाँ व्यवस्थापनका गर्न मन्त्रीपरिषद बैठकमा प्रस्ताव लगेको थिएँ । तर मुख्यमन्त्रीजीले प्रस्ताव अस्वीकार गर्नुभयो ।’
मन्त्रालयको प्रस्तावले उपनिर्वाचनमा मतदाता जनमत पार्टीप्रति आकर्षित हुने डरले प्रस्ताव अस्वीकार गरिएको उनको दाबी छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


