विद्युत चुहावट गरेको आरोपमा दुईजना पक्राउ

सप्तरी, ७ बैशाख । सप्तरी प्रहरीले विद्युत चुहावट गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राजविराज नगरपालिका–१३ बस्ने योगेन्द्र यादव र डाकनेश्वरी नगरपालिका–७ बस्ने खेमराज चौधरी रहेका छन् ।
बिहीबार बिहान ७ बजे प्रहरी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीको संयुक्त टोलीले दुबैजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


