कर्णाली प्रदेशमा मन्त्रालयको संख्या ८ बनाइयो

सुर्खेत, ६ बैशाख । कर्णाली प्रदेशमा मन्त्रालयको संख्या ८ बनाइएको छ । गत पुस २७ मा नेकपा एमाले र नेकपा माओवादीबिच गठबन्धन भएको बेला मन्त्रालयको संख्या घटाइएको थियो । अन्ततः मन्त्रालयको संख्या पुनः ८ कायम गर्ने निर्णय भएको हो ।
कर्णाली मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको संख्या संशोधन गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीले जानकारी दिएका हुन् ।
‘भौतिक पूर्वाधार, ऊर्जा तथा जल स्रोत मन्त्रालयलाई फुटाएर भौतिक पूर्वाधार एवं सहरी विकास मन्त्रालय र ऊर्जा तथा जल स्रोत मन्त्रालय बनाउने निर्णय भएको छ’, जिसीले भने, ‘प्रदेश सरकार कार्य विभाजन नियमावली २०७४ को अनुसूची एक र दुई हेरफेर गर्ने निर्णय भएको हो ।’
उनका अनुसार कर्णाली प्रदेशको सडक विधेयक तर्जुमा गर्नका लागि बैठकले भौतिक पूर्वाधार मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


