युवराज सफललाई कारबाही गर्न सांसद बडूको माग

काठमाडौं, ६ बैशाख । नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले युवराज सफललाई कारबाही गर्न माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बडूले तथ्यहीन आरोप लगाएकाले उनीमाथि कारबाहीको माग गरेका हुन् ।
पौडेलले पूर्वमन्त्री बडूसहित केही व्यक्तिहरुको दोहोरो नागरिकता रहेको भन्दै छानबिन गर्न गृह मन्त्रालयमा उजुरी दिएका थिए ।
सफलले दोहोरो नागरिकताको विषयमा आफ्नो नामसमेत जोडेको भन्दै उनले संसदको ध्यानाकर्षण गराएका छन् ।उनले आफूमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।
मन्त्रीको जिम्मेवारी सम्हालिसकेको आफू जस्तो व्यक्तिमाथि लगाइएको यस्तो आरोपले जिम्मेवार नागरिकको प्रतिष्ठामा गम्भीर चोट पुगेको उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


