उपप्रधानमन्त्री खड्काद्वारा कानुनमन्त्रीको पदभार ग्रहण

काठमाडौं, ६ बैशाख । उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले कानुन न्याय तथा संसदीय मामिलामन्त्रीको पदभार ग्रहण गरेका छन् ।
रक्षामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री खड्कालाई प्रधानमन्त्रीको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले कानुन मन्त्रालयको पनि जिम्मेवारी दिएका थिए ।
खड्काले बुधबार दिउँसो कानुन मन्त्रालयमा पदभार ग्रहण गरेका हुन् । उनी चैत १७ मा उपप्रधानसहित रक्षामन्त्रीमा नियुक्त भएका थिए । पदभार ग्रहण गर्दै उपप्रधानमन्त्री खड्काले कानुन न्याय तथा संसदीय मन्त्रालयले राज्यका तीन निकायबीच समन्वय गर्ने बताए ।
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका तीनवटा निकायसँग जोडिएको मन्त्रालय भएका कारणले यसको बहुआयमिक भूमिका रहेको उनले बताए । यी तिनै निकायबीच समन्वयको भूमिका निर्वाह गर्ने उनले बताए ।
संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका लागि क्रियाशील हुनुपर्ने जिम्मेवारी पनि रहेको उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


