सप्तरी, ५ बैशाख । सप्तरीमा यात्रुबाहक बस अनियन्त्रित भएर दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

मंगलबार बिहान जिल्लाको शम्भुनाथ नगरपालिका–८ मिलनचौक स्थित पुर्वपश्चिम लोकमार्ग सडक खण्डमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ६ ख १४७९ नम्बरको बस आफैं अनियन्त्रित भई पल्टिँदा २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घाइतेभएकाहरुको उपचार भइरहेको तथा बस चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।