१७१ नयाँ संक्रमित थपिए, दुई जनाको मृत्यु

काठमाडौं, ५ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा १७१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा दुई जनाले ज्यान गुमाएका छन् ।
मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार २९२ जनामा कोरोना परीक्षण भएको थियो । जसमा १७१ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, सोही अवधिमा ८५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर ३९७ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये काठमाडौं उपत्यकामा ४ जना भेन्टिलेटरमा छन् भने आइसियुमा ८ जना रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


