प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं, ५ बैशाख । प्रतिनिधिसभाको मंगलबारको बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७८/०७९’ पेस गरेकी हुन् ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्री नियुक्तिसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक बुधबार दिनको १ बजे बस्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


