जनकपुरधाम, ५ बैशाख । मधेश प्रदेशको सबै डिलर/डिपोमा ५२ हजारभन्दा बढी मेट्रिक टन मलखाद व्यवस्थापन गरिएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहाको प्रयासमा सो मलखाद व्यवस्थापन गरिएको हो ।

मन्त्री कुशवाहाले धानबालीका लागि प्रदेशका सबै मलखाद डिलर/डिपोमार्फत ५२ हजार २ सय मेट्रिक टन रासायनिक मल (यूरिया, डीएपी र पोटास) व्यवस्थापन गरिएको जानकारी दिए ।

उनले भने, ‘यो मात्रा विगत वर्षको यसै समयको तुलनामा दोब्बर भन्दा बढ़ी छ । मलखाद सबै डिलर÷डिपोबाट यही असार १ गतेबाट उपलब्ध हुनेछ ।’

मन्त्री कुशवाहाले यसपाली देखी सबै डिलर/डिपोले कुन–कुन व्यक्तिलाई मलखाद बिक्री गरेको छ भन्ने रेकर्ड राखेर कृषि मन्त्रालयलाई उपलब्ध गराइने र सो तथ्यांक नागरिक अडिटको लागि समेत प्रकाशन गरिने जानकारी दिएका छन् ।