काठमाडौं, ४ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा छतबाट खसेर गम्भीर घाइते भएका छन् ।

सोमबार विहान ४ बजेतिर लामिछाने नै बस्दै आएको भरतपुर महानगरपालिका–११ को ३ तले घरको छतबाट खसेर उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

टाउको र खुट्टामा गम्भीर चोट लागेका थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लामिछानेका गाडी चालक थापा आइतबार तनहुँबाट चितवन फर्किएका थिए ।