कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, १०४ नयाँ संक्रमित थपिए

काठमाडौं, ४ बैशाख । नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार १ हजार ६३२ नमुनामध्ये ५७१ जनाको पीसीआर परीक्षणण गर्दा ६३ र १ हजार ६१ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना गरी १०४ जनामा संक्रमण देखिएको हो ।
योसँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ३७९ पुगेको छ भने संस्थागत आइसोलेशनमा ३४ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् ।
सोमबार ६० जना संक्रमणमुक्त भएर घर फर्केका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


