मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ

काठमाडौं, ४ बैशाख । मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० बानेश्वर थापागाउँ बस्ने ५१ वर्षीया बिमला थापा रहेकी छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वर थापागाउँबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।
उनले वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु भन्दै कमल चौधरीसँग रकम लिएर सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


