राष्ट्रपति पौडेलको छातीको तल्लो भागमा संक्रमण

काठमाडौं, ४ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको छातीको तल्लो भागमा संक्रमण देखिएको छ ।
फलोअप परीक्षणका लागि सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका राष्ट्रपति पौडेलको अल्ट्रासाउण्डको सहायताले पानी निकाली परीक्षण गरिएको हो ।
पौडेलका निजी चिकित्सक डा. निरज बमका अनुसार छातीको तल्लो भागमा संक्रमण देखिएकाले परीक्षण गरिएको हो ।
विशेषज्ञ चिकित्सका अनुसार छातीको तल्लो भागमा पानी देखिनुले निमोनिया, टिबी तथा क्यान्सर हुनसक्ने संकेत गर्छ । पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर बसेका थिए ।
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ र उनी शीतल निवास फर्किसकेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


