सप्तरीमा दुई पक्षबीच झै–झगडा हुँदा १० जना घाइते

सप्तरी, ४ बैशाख । सप्तरीमा दुई पक्षबीच झै–झगडा हुँदा १० जना घाइते भएका छन् ।
सोमबार बिहान सप्तरीको बिष्णुपुर गाउँपालिका–४ स्थित बैदेशिक रोजगारको क्रममा मलेशियामा भएको वादविवादको बिषयलाई लिएर झै–झगडा हुँदा बचाउन गएका एकजनासहित १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुई पक्षबीचको झगडा छुटाउन जाँदा स्थानीय देवानन्द कुमार साहको टाउकोमा चोट लागेको छ ।
यस्तै, सो झगडामा रञ्जित खंग, राजाराम खंग, भुविन्द्र खंग, रमेश खंग, रामसुनार देवी, बिनोद खंग, अशोक खंग, सुरजि कुमारी खंग र धर्मदेव मण्डल घाइते भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
घाइतेहरुको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपचार भइरहेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


