पर्सा, ३ बैशाख । पर्साको वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख डाक्टर उमेश चौरसियाले पदबाट राजीनामा दिएका छन् ।

स्वास्थ्य अवस्थाले साथ नदिएको भन्दै उनले राजीनामा दिएका हुन् । डाक्टर चौरसिया २०७७ चैत ४ गते ठाकुरराम क्याम्पसको प्रमुखमा नियुक्त भएका थिए ।

उपकुलपति तथा त्रिभुवन विश्व विद्यालयका कार्यकारी परिषद अध्यक्षलाई इमेलमार्फत आफूले राजीनामा पत्र पठाएको उनले जानकारी दिए ।

राजीनामा पत्रमा स्वास्थ्य अवस्थाले साथ नदिएको भने पनि उनले राजीनामा गर्नुको कारण भने अर्कै रहेको बुझिएको छ ।