बुबालाई कुटपिट गर्ने छोरा पक्राउ

सप्तरी, ३ बैशाख । सप्तरीमा बुबालाई कुटपिट गर्ने छोरा पक्राउ परेका छन् ।
आइतबार बिहान शम्भुनाथ नगरपालिका–८ बस्ने ५५ वर्षीय कुशुम खंग र उनका ३० वर्षीय छोरा रमेश खंगबीच घरायसी बिषयमा बादबिवाद भई झै–झगडा हुँदा कुशुम घाइते भएका छन् ।
रमेशले आफ्नै बुबालाई धक्का दिँदा लडेर चिउँडो मुनि घाँटीमाथि काटिएपछि स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।
यता छोरालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


