जनकपुरधाम, ४ मंसिर । सिरहामा प्रहरीले हवाइ फायर गरेको छ ।

जसपा नेपाल र नेकपा एसका कार्यकर्ताहरूबीच मतपेटिका खोस्ने प्रयास भएपछि प्रहरीले हवाइ फायर गरेको हो ।

जिल्लाको कर्जन्हा नगरपालिकाका-६ स्थित जनता मावि बडहरामालको मतदानस्थलमा जसपा र नेकपा एसका कार्यकर्ताबीच मतपेटिका खोस्ने प्रयास भएपछि प्रहरीले ३ राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

स्थितिलाई नियन्त्रणमा लिन गोली चलाइएको डीएसपी बुढाथोकीले बताए ।