जनकपुरधाम, ४ मंसिर । रौतहटको निर्वाचन क्षेत्र नम्बर-३ बाट प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार प्रभु साहले मतदान गरेका छन् ।

साहले मौलापुर नगरपालिकास्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

नेकपा एमालेले उनलाई टिकट दिएपनि उनले आफूसँगै पार्टी प्रवेश गरेका अन्य नेता कार्यकर्तालाई पार्टीमा अवहेलना गरिएको भन्दै एमाले परित्याग गरी स्वतन्त्र रूपमा चुनाव लड्ने घोषणा गरेका थिए ।