रौतहट, २६ कार्तिक । रौतहट प्रहरीले नेपाली नक्कली नोट र अवैध हतियारसहित ६ जनालाई पक्राउ गरेको छ ।

प्क्राउ पर्नेमा २० वर्षीय धीरज जयसवाल, बारा आदर्ष कोतवाल गाउँपालिका–६ का २५ वर्षीय सोनु भन्ने आनन्द कुशवाहा, ४५ वर्षीया प्रतिमा देवी कुशवाहा, २२ वर्षीया अमृता कुमारी र १९ वर्षीय बृजकिशोर मुखिया रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट नेपाली हजारको नोट ८७ थान, १ थान कटुवा पेस्तोल , ना ३३ प २४५१ नम्बरको होन्डा साईन मोटरसाइकल र ना ३ प १६८१ नम्बरको बजाज बक्सर मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ठाडामगरले बताए ।

मौलापुर–७ मा नेपाली नक्कली नोटको कारोबार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मौलापुरको टोलीले राजाराम साहको घरमा शुक्रबार छापा मारेको थियो । उनको घरमा खानतलासी गर्दा नक्कली नोटका साथै भितामाथि लुकाई राखेको कटुवा पेस्तोल १ थान बरामद भएको एसपी ठाडामगरले बताए ।