मधेस प्रदेश : चालु आर्थिक वर्षको दुई महिनामा सवारी दुर्घटनामा परी ६३ जनाको मृत्यु

जनकपुरधाम, १२ असोज । मधेस प्रदेशमा चालु आर्थिक वर्षको दुई महिनामा ८ हजार ९४४ वटा सवारी दुर्घटना हुँदा ६३ जनाको मृत्यु भएको छ ।
प्रदेशका विभिन्न जिल्लामा चालु आर्थिक वर्षको दुई महिनामा ११ महिला, ४७ पुरुष र ५ बालबालिका गरी ६३ जनाको मृत्यु भएको हो ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले दिएको जानकारी अनुसार यस अवधिमा दुर्घटनामा परेर १ हजार ४९९ जना घाइते भएका छन् । घाइते हुनेमा १ हजार २ पुरुष, २७४ महिला र २२३ जना बालबालिका रहेको उनले बताए ।
प्रहरीले यस अवधिमा ४७ हजार ९६ वटा सवारी साधनलाई कारवाही गर्दा ३ करोड ३५ लाख ८५ हजार रुपैयाँ राजश्व संकलन गरेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


